१६ वर्षीयालाई ३ महिनादेखि बन्धक बनाएर शोषण
बारा, वैशाख २ - बारामा एक १६ वर्षीया किशोरीलाई एक युवकले ३ महिनादेखि भारतमा लगेर बन्धक बनाई यौन शोषण गरेको पाइएको छ । बाराको मझरिया गाविसका २७ बर्षी पप्पु यादबले त्यहिकै एक किशोरीलाई बिहे गर्ने प्रलोभनामा घरबाट भगाएर बाराकै बिभिन्न स्थान र भारत पुर्याएर बन्धक बनाई शोषण गरेको पाइएको हो । जिल्ला प्रहरी कार्यालय बाराले यादबलाई पक्राउ गरेको छ । गत पुस २० गते घरबाट भगाएर लगि ति किशोरीलाई फरक फरक स्थानमा लगेर शोषण गरेको उजुरी प्रहरीमा परेपछि ति युवक पक्राउ परेका हुन् ।
यादबको बिबाह भईसकेको छ । उनको पहिलो श्रीमतीबाट २ छोरा र एक छोरी छन् । पहिली श्रीमतीको ग्यांस लिक भएर आगो लाग्दा शरिरको आधा भाग जलेको छ । त्यसपछि उनले छिमेककै ति किशोरीलाई बिहे गर्ने प्रलोभनमा पारेर घरबाट झुक्याई लगेका थिए । उनले घरबाट भगाएर केहि दिन बाराकै बिभिन्न स्थानमा राखेको र त्यसपछि बेहोस बनाएर भारत लगेको पाइएको हो । उनले ति किशोरीलाई भारतमा बन्धक बनाई पटक पटक आउने जाने गर्दै शोषण गरेका थिए । किशोरीको परिवार यादबको घरमा मजदुरीको काम गर्छ ।
उनलाई त्यसक्रममा कुटपिट समेत भएको थियो । उनको शरिरमा निलडाम छ । गत चैत २० गते ति किशोरी बन्धक बनाइएको घरका घरधनीको मदतले भागेर नेपाल आएकी छन् । 'मलाई शोषण गरेपछि बिहे नगरी त्यहि बेच्न लागेको रहेछ' ति किशोरीले भनिन् 'घरधनीले किन्ने मान्छेसंग भाउ नमिलेर उनलाई त्यहि राखेको बताएपछि भागेर आएँ ।'
किशोरीले घरमा आएर आफु माथी भएको यातना सुनाएपछि पञ्चले स्थानीयस्तरमा मिलाउने प्रयास गरेका थिए । पञ्च भेलामा स्थानीय राजनैतिक दलका प्रतिनिधी रहने गर्छन । पञ्चभेलाले बलत्कार, श्रीमान् श्रीमतीको झगडाजस्ता बिषयबस्तुलाई गाउं घरमा नै सल्टाउने प्रबृत्तीका कारण महिला हिंसा बढेको स्थानीय अधिकारकर्मीहरुको भनाई छ ।
ति युवतीको सानैमा एकपल्ट बिहे भईसकेको छ । सानैमा बिहेभएपछि माईतमा बसेर ठुलो भएपछि मात्र घर जाने परम्परा अनुसार उनी माईतमा थिईन् । अर्कै केटाले लगेर ३ महिनापछि घर फर्किएको भन्दै श्रीमानले उनलाई अस्विकार गरिसकेका छन् । पिडीत युवती भागेर घर फर्किएपछि स्थानीय पञ्चको भेलाले ति किशोरीलाई यादबको घरमा बुहारी बनाएर भित्र्याउन आदेश दिएको थियो । तर पिडक परिवार खानदानी भएकाले काम गर्ने परिवारको छोरी बुहारी बनाएर भित्र्याउन केटाको परिवारले नमानेपछि यौन शोषणको मुद्धा प्रहरीसम्म आईपुगेको हो ।
पिडक परिवारले बुहारी बनाउँदा समाजमा ईज्जत जाने भन्दै बरु धर्मपुत्री बनाउने प्रस्ताब अघि सारेको थियो । पञ्चले पनि धर्मपत्रुी बनाउँदा राम्रो हुने सल्लाह दियो । 'केहि समय अघिसम्म त्यहि ब्यक्तिले यौन शोषण गर्र्यो, त्यसको केहि दिनमा उसलाई दाई बनाउने प्रस्ताब पञ्च भेलाले स्विकार्यो' बाराकी एक अधिकार कर्मी भन्छिन् 'दुनियाँमा नहुने कुरोमा पञ्चले सहमति जनाएका छन् ।' तर धर्मपुत्री बनाउदा नगरिकता र अंश जस्ता कुराहरु दिनुपर्ने भएकाले पिडक परिवार फेरी पछि हटेको थियो ।
पिडीत किशोरी अझै पनि पिडक यादबसंग बिबाह गर्न चाहन्छिन् । पहिलो बिबाह टुटिसकेको छ र आफ्नो बदनामी भईसकेको भन्दै त्यहि केटासंग बिबाह गर्न खोजेको उनले बताईन् । जिल्ला स्थित महिला बालबालिका सेवा केन्द्रको संरक्षणमा रहेकी उनले भनिन् 'मेरो ईज्जत गईसक्यो, अब कसैले नि बिहे गर्दैन, त्यहि भएर यहि केटासंग बिबाह गर्छु ।'
बिहेपछि झन् यातना पाईने थाहा हुदा हुदै पनि उनी त्यहि युवकसंग बिहे गर्न चाहन्छिन् । 'बिहे अघि माया गर्छु भनेर यातना दिदै झण्डै बेचेको थियो' उनले भनिन् 'ऊ र उसको परिवारले नचाहदा नै बिहे गरेपछि मलाई झन् यातना दिन्छन्, तर पनि म यहि केटासंग बिहे गर्न चाहन्छु ।'
युवती अनपढ छिन् । उनी घर छेउको टहरामा आमालाई चिया पकाएर बेच्न मदत गर्छिन् । प्रहरीले घरमा अर्की श्रीमती भएको जानेर बहुबिबाह गर्न दिन नहुने बारा प्रहरी प्रमुख एसपी ईश्वरबाबु कार्की बताउंछन् । 'उजुरी परेपछि कानुन अनुसार थुनामा राखेर अनुसन्धान गरिरहेका छौं' उनले भने 'दोस्रो बिबाह गर्न दिदैनौं, युवकले गरेको अपराध अनुसारको सजाय दिलाउने प्रयास गछौं ।'
४ दिन अघि जिल्ला प्रहरी कार्यालयमा बसेको उनीहरुको पञ्चायती भेला टुंगोमा नपुगेपछि प्रहरीले पिडकलाई पक्राउ गरिसकेको छ । तर उनलाई के अपराधमा मुद्धा चलाउने भन्ने अझै अन्यौल छ । पिडीत परिवारले अपहरण र जबरजस्ती करणी गरेको ब्यवहोरा सहितको उजुरी दिएपनि प्रहरीले लिएको छैन । उसले जबरजस्ती करणीमा उजुरी दिने समय ३५ दिन नाघिसकेकाले त्यसमा मुद्धा चलाउन नमिल्ने जनाएको छ । बारा प्रहरीले बहुबिबाहमा उजुरी दर्ता गर्न सुझाएको छ । बहुबिवाहमा दर्ता गरेर उजुरीको ब्यवहोरामा सबै बिबरण खुलाउन भनेको छ ब्यवहोरामा सबै बिबरण खुलाउन भनेको छ ।

No comments:
Post a Comment